न्यूजिल्याण्डको Minimum Wage २ प्रतिशतले बढ्ने, अप्रिलदेखि $23.95 हुने – New Zealand News Nepal (NZ News Nepal)

न्यूजिल्याण्डको Minimum Wage २ प्रतिशतले बढ्ने, अप्रिलदेखि $23.95 हुने

   December 13, 2025  

आगामी वर्ष अप्रिलदेखि न्यूजिल्याण्डमा Minimum Wage न्यूनतम तलब २ प्रतिशतले बढ्ने भएको छ। सरकारले गरेको निर्णयअनुसार हाल रहेको प्रतिघण्टा न्यूनतम तलब $23.50 बाट बढेर $23.95 हुने छ।

वर्कप्लेस रिलेसन्स मन्त्री ब्रुक भान भेल्डेनले यो निर्णय रोजगार मन्त्रालय (MBIE) ले दिएको सिफारिसअनुसार गरिएको बताइन्। सरकारका अनुसार श्रमिकहरूको क्रयशक्ति जोगाउन र आर्थिक अवस्थालाई सन्तुलित राख्न न्यूनतम तलबमा सानो समायोजन आवश्यक भएको हो।

नयाँ दर आगामी अप्रिलदेखि देशभर लागू हुनेछ।