बालेनले तत्काल राजीनामा नदिने ! राजीनामा नदिएरै उम्मेदवारी दर्ता गराउने

241 Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राजीनामा नदिएरै उम्मेदवारी दर्ता गराउने भएका छन् । 

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सि (माघ ६) उमेदवारी दर्ता तोकिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले बालेन दिउँसो १ बजे रास्वपा केन्द्रीय कार्यालय, वनस्थली पुग्ने कार्यक्रम रहेको बताए

उनका अनुसार दिउँसो २ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ ।

त्यसपछि रास्वपा सभापति रवि लामिछानेलगायत बालेन र अन्य नेता आजै साँझ ५ बजे जनकपुरतिर प्रस्थान गर्ने कार्यतालिका रहेको पनि प्रवक्ता झाले बताए । 

सम्बन्धित समाचार

सबै