क्राइस्टचर्चमा नेपाल फेस्टिभल २०२६ आयोजना हुने

271 Shares

न्युजील्याण्डको साउथ आइल्याण्डस्थित क्राइस्टचर्च शहरमा नेपाल फेस्टिभल २०२६ आयोजना हुने भएको छ। आगामी १८ अप्रिलमा हुने यस फेस्टिभलले नेपालको समृद्ध संस्कृति, परम्परा, खानपान, संगीत तथा सामुदायिक आत्मालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

यस विशेष कार्यक्रममा अष्ट्रेलिया तथा न्युजील्याण्डका लागि नेपाली राजदूत चित्रलेखा यादव विशेष अतिथिका रूपमा सहभागी हुने भएकी छन्। राजदूत नियुक्त भएपछि यादव पहिलो पटक न्युजील्याण्ड भ्रमणमा आउन लागेकी हुन् ।

फेस्टिभलका क्रममा नेपाली सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुतिहरू, परम्परागत नेपाली परिकार, कला तथा संस्कृति झल्काउने विभिन्न प्रदर्शनीहरू आयोजना गरिने छन्। साथै, विभिन्न समुदायबीच आपसी मेलमिलाप, सांस्कृतिक आदान–प्रदान तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने अवसरसमेत प्रदान गरिने आयोजकले बताएका छन्।

नेपाल फेस्टिभल २०२६ ले न्युजील्याण्डमा बसोबास गर्ने नेपाली समुदाय मात्र नभई स्थानीय किवी समुदायलाई पनि नेपालको विविध सांस्कृतिक पहिचानसँग नजिकबाट परिचित गराउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै