सरकारद्वारा मौसमजन्य विपद् पीडितलाई अस्थायी आवास सेवा सुरु

194 Shares

गत साता परेको भीषण वर्षा, आँधी, बाढी र पहिरोबाट विस्थापित भएकाहरूका लागि सरकारले अस्थायी आवास सेवा सञ्चालनमा ल्याएको छ। मौसमजन्य विपद्का कारण घर छाड्न बाध्य भएका नागरिकलाई सुरक्षित र उपयुक्त बसोबास उपलब्ध गराउने उद्देश्यले ‘टेम्पोररी एकोमोडेसन सर्भिस’ सक्रिय गरिएको हो।

Ministry of Business, Innovation, and Employment (MBIE) का अनुसार नर्थल्याण्ड, कोरोमन्डेल, बे अफ प्लेण्टी र ताइराव्हिटी (Tairāwhiti) क्षेत्रमा विस्थापित भएका वा विस्थापित हुन सक्ने नागरिकहरूले अस्थायी आवासका लागि दर्ता गर्न सक्नेछन्। दर्तापछि आवश्यकताका आधारमा उपयुक्त आवास व्यवस्था गरिने जनाइएको छ।

आवास मामिला सम्बन्धी सहमन्त्री Tama Potaka ले सरकारी निकायहरूले स्थानीय परिषद्, समुदाय तथा iwi (माओरी समुदाय) सँग समन्वय गरेर पीडितलाई सुरक्षित आवासमा सहज रूपमा स्थानान्तरण गरिने बताए। उनका अनुसार यस प्रक्रियामा कुनै अवरोध नआओस् भनेर बहु–निकाय समन्वयलाई प्राथमिकता दिइएको छ।

सरकारले आवाससँगै सामाजिक सेवा, मानसिक स्वास्थ्य सहयोग र आवश्यक परे आर्थिक सहयोगसमेत ‘र्याप–अराउन्ड सपोर्ट’का रूपमा निरन्तर उपलब्ध गराउने जनाएको छ। मौसमको प्रभाव अझै पूर्ण रूपमा हटिनसकेको अवस्थामा प्रभावित क्षेत्रका नागरिकलाई स्थानीय निकायको सूचनाअनुसार सुरक्षित रहन आग्रह गरिएको छ।

सम्बन्धित समाचार

सबै