सुरु हुन थाले चुनावी सर्वेक्षण: लेबर अगाडि, NZ First को सिटमा सुधार

206 Shares

न्युजील्याण्डमा चुनावी सरगर्मी बढ्न थालेको संकेत देखिएको छ। RNZ–Reid Research ले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणले लेबर पार्टीलाई अग्रस्थानमा देखाएको छ भने New Zealand First ले उल्लेखनीय सुधार गर्दै तेस्रो स्थानमा उक्लिएको छ।

सर्वेक्षणअनुसार लेबर पार्टी ३५ प्रतिशत समर्थनसहित अगाडि छ, नेशनल पार्टी भने ३१.९ प्रतिशत मा झरेको छ। NZ First ले सबैभन्दा ठूलो उछाल देखाउँदै १.१ प्रतिशतले बढेर ९.८ प्रतिशत समर्थन पाएको छ, जुन सन् २०१७ यताकै सबैभन्दा बलियो नतिजा हो। अन्य दलतर्फ हेर्दा, ग्रीन पार्टी ९.६ प्रतिशत मा झरेको छ भने ACT पार्टी ७.६ प्रतिशत मा पुगेको छ। Te Pāti Māori को समर्थन घटेर ३ प्रतिशत मा आएको छ। संसदबाहिर रहेको द अपर्च्युनिटी पार्टीले भने २.३ प्रतिशत समर्थन पाएको छ।

निर्वाचन नतिजा यस्तै आएमा सिट बाँडफाँड यसप्रकार हुनेछः

  • लेबर पार्टी – ४३ सिट
  • नेशनल पार्टी – ४० सिट
  • ग्रीन पार्टी – १२ सिट
  • ACT पार्टी – ९ सिट
  • NZ First – १२ सिट
  • माओरी पार्टी – ४ सिट

यस हिसाबले नेशनल–NZ First–ACT गठबन्धनको जम्मा ६१ सिट पुग्नेछ, जुन १२० सदस्यीय संसदमा अत्यन्तै साँघुरो बहुमत हो।
अर्कोतर्फ लेबर–ग्रीन–माओरी पार्टी मिल्दा ५९ सिट मात्र हुने भएकाले सरकार गठनका लागि पर्याप्त नहुने देखिन्छ।


सम्बन्धित समाचार

सबै