वेलिङ्टन नजिक हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

274 Shares

न्युजील्याण्डको राजधानी वेलिङ्टनको उत्तरतर्फ रहेको Paekākāriki Hill क्षेत्रमा बुधबार बिहान हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहान करिब ७ः३० बजे हेलिकप्टरमा जडित स्वचालित दुर्घटना सतर्कता प्रणाली (automatic crash alert) सक्रिय भएपछि दुर्घटनाको जानकारी प्राप्त भएको थियो। घटनास्थलमा पुग्दा हेलिकप्टरका पाइलट र एक मात्र यात्रु दुवैको मृत्यु भइसकेको अवस्थामा फेला परेका प्रहरी निरीक्षक रेनी पर्किन्सले जानकारी दिएकी छन्।

उनले भनिन्, “यो अत्यन्त दुःखद घटना हो। यस कठिन समयमा मृतकका परिवारप्रति हाम्रो समवेदना छ।”

हाल मृतकको शव उद्धार तथा दुर्घटनास्थलको विस्तृत जाँच कार्य जारी रहेको छ। उक्त अनुसन्धान नागरिक उड्डयन प्राधिकरण (Civil Aviation Authority) का अनुसन्धानकर्तासँग समन्वय गरेर अघि बढाइने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै