ताजा अपडेट

Mount Maunganui पहिरो: तेस्रो शवको औपचारिक पहिचान

190 Shares

गत साता Mount Maunganui स्थित बिचसाइड होलिडे पार्कमा भएको पहिरोमा ज्यान गुमाउने तेस्रो व्यक्तिको औपचारिक पहिचान गरिएको छ। अधिकारीहरूले मृतक ५० वर्षीया लिसा एन्न म्याकलेनन भएको पुष्टि गरेका छन्।

मंगलबार दिउँसो १२:३० बजे Tauranga Moana District Court मा आयोजित कोरोनर सुनुवाइमा विपद् पीडित पहिचान टोली (Disaster Victim Identification Team) का सदस्य डिटेक्टिभ सर्जेन्ट ब्रेन्ट ग्रिफिथ्सले प्रमाण प्रस्तुत गरेका थिए। त्यसपछि कोरोनरले शव लिसा एन्न म्याकलेननकै भएको पुष्टि गर्दै उनको पार्थिव शरीर परिवारलाई बुझाउन अनुमति दिएका हुन्।

लिसा एन्न म्याकलेननको शव जनवरी २७ मा फेला परेको थियो। घटनापछि प्रतिक्रिया दिँदै अधिकारी म्याककेन्जीले “लिसाको परिवार र समुदायप्रति गहिरो समवेदना” व्यक्त गरेकी छन्।

शिक्षिका रहेकी म्याकलेननले “अरू सबैलाई बचाउने प्रयास गर्दै आफ्नो ज्यान गुमाएको” उल्लेख गर्दै घटनापछि खोलिएको गिभअलिटल पेजमा भावुक सन्देश राखिएको छ।

गत बिहीबार Mount Maunganuiको फेदीमा रहेको बिचसाइड होलिडे पार्कमा पहिरो खस्दा क्याम्पसाइटको शौचालय र स्नानगृहमा क्षति पुगेको थियो भने क्याम्परभ्यान र टेन्टहरू पल्टिएका थिए। घटनापछि छ जना बेपत्ता भएका थिए, जसमा लिसा एन्न म्याकलेनन (५०), स्विडेनी पर्यटक मान्स लोके बर्नहार्डसन (२०), ज्याक्वेलिन सुजेन व्हीलर (७१), सुसन डोरिन नोउल्स (७१), १५ वर्षीया श्यारोन म्याक्यानिको र १५ वर्षीय म्याक्स फर्स–की थिए।

यसअघि पहिरोमा ज्यान गुमाउने पहिलो व्यक्तिका रूपमा अकल्याण्डका विद्यार्थी म्याक्स फर्स–कीको औपचारिक पहिचान गरिएको थियो भने दोस्रो मृतक स्विडेनी पर्यटक मान्स लोके बर्नहार्डसन भएको पुष्टि गरिएको थियो।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै