412
Shares
न्युजिल्याण्डमा आज १८ हजार ८ सय ३३ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ । यो संख्या हिजो अस्ती भन्दा कम हो । न्युजिल्याण्डमा कोरोना संक्रमितको दर घट्दो क्रममा रहे पनि जोखिम भने कायम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही दिन अघि बाट न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या दैनिक २० हजार माथि पुगेको थियो । तर आज भने यो संख्यामा कमी आएको हो । त्यस्तै आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ । त्यस्तै ६०० जनाको अस्पतालमा उपचार भईरहेको छ ।