जर्मनीका विदेशमन्त्री Johann Wadephul दक्षिण–पूर्वी एसिया र प्रशान्त क्षेत्रको भ्रमणक्रमलाई निरन्तरता दिँदै मंगलबार न्युजील्याण्ड आइपुगेका छन्। अकल्याण्डमा उनले न्युजील्याण्डका विदेशमन्त्री Winston Peters सँग भेटवार्ता गर्दै दुई देशबीचको द्विपक्षीय सहकार्य अझ नजिक बनाउने विषयमा छलफल गरेका छन्।
भ्रमणका क्रममा वाडेफुलले न्युजील्याण्डका प्रधानमन्त्री Christopher Luxon सँग पनि वार्ता गरेका छन्। प्रधानमन्त्री लक्सनले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै “हाम्रो सरकार विश्वभर साझेदारी विस्तार गर्दै अर्थतन्त्र बढाउने, रोजगारी सिर्जना गर्ने र देशभित्र तलब बढाउने दिशामा अघि बढिरहेको छ। गत वर्ष जर्मनीतर्फ किवी निर्यात २८ प्रतिशतले बढेकाले आज बिहान अकल्याण्डमा विदेशमन्त्री जोहान वाडेफुलसँग भेट गर्न पाउनु सुखद रह्यो,” भनी उल्लेख गरेका छन्।
बर्लिनस्थित जर्मन विदेश मन्त्रालयकी एक प्रवक्ताले जर्मनी र न्युजील्याण्ड दुवै लोकतन्त्र, स्वतन्त्रता र अन्तर्राष्ट्रिय व्यवस्थाप्रति प्रतिबद्ध रहेको बताइन्। उनले दुई देशबीच अन्टार्कटिक क्षेत्रमा समेत घनिष्ठ सहकार्य भइरहेको कुरामा जोड दिइन्।
यसैबीच, वाडेफुलले दक्षिण प्रशान्त टापु राष्ट्र नियूएका प्रधानमन्त्री Dalton Tagelagi सँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। करिब १,७०० जनसंख्या भएको स्वशासित टापु राष्ट्र नियूलाई जर्मनीले गत जनवरीमा औपचारिक मान्यता दिएको थियो।