387
Shares
न्युजिल्याण्डमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख नाघेको छ । आज १८ हजार ८३३ संक्रमित थपिए सँगै न्युजिल्याण्डमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७ हजार ५ सय ६२ पुगेको छ । यि मध्य एक लाख ६७ हजार ९ सय १९ जना सकृय संक्रमित रहेका छन् जो हाल कोरोनाबाट बिरामी छन् । त्यस्तै ३९ हजार ५ सय ८० जना संक्रमण मुक्त भएका छन् । आज न्युजिल्याण्डमा ३ हजार ४ सय ४२ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना बाट न्युजिल्याण्डमा ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ । आज थप ५ जनाको कोरोना बाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । करिब ५० लाख जनसंख्या भएको न्युजिल्याण्डमा ४% मानिसमा कोरोना संक्रमण भएको छ । यहाँ ९० % मानिसले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् ।