लेबर पार्टीका सांसद पिनी हेनरेले निर्वाचन नलड्ने घोषणा

122 Shares

लेबर पार्टीका वरिष्ठ सांसद पिनी हेनरेले आगामी आम निर्वाचनमा पुनः उम्मेदवारी नदिने घोषणा गरेका छन्। परिवार र आफ्नै स्वास्थ्यमा ध्यान केन्द्रित गर्ने समय आएको भन्दै उनले पुनः निर्वाचन नलड्ने निर्णय गरेको बताएका हुन्।

सन् २०१४ मा पहिलो पटक संसद् प्रवेश गरेका हेनरेले आफ्नो राजनीतिक भविष्यबारे लामो समय सोचविचार गरेपछि यो निर्णयमा पुगेको जनाएका छन्। एक विज्ञप्तिमार्फत उनले तामाकी माकाउराउ क्षेत्रबाट पुनः उम्मेदवारी नलिने तथा लेबर पार्टीको सूचीमा पनि स्थान नखोज्ने स्पष्ट पारेका छन्।

सम्बन्धित समाचार

सबै