न्युजिल्याण्ड आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाईनलमा पुगेको छ । त्यस्तै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ । शनिबार भइरहेको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको जित हासिल नहुने भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको हो ।
श्रीलंकालाई १४७ रनभन्दा कम योगफलमा रोक्न नसकेपछि पाकिस्तानले खेलमा जित निकालेपनि अघि नबढ्ने पक्का भएको हो ।
पाकिस्तानले दिएको २१३ रनको लक्ष्य पछ्याइरहेको श्रीलंकाले १६ ओभरमा ५ विकेट गुमाएर १५० रन बनाइसकेको छ ।
पाकिस्तान बाहिरिने पक्का भएसँगै सुपर ८ को समूह २ बाट न्युजिल्याण्ड सेमिफाइनलमा पुगेको छ । यो समूहबाट इंग्ल्यान्ड ३ जितसहित यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले साहिबजादा फरहानको शतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर २१२ रन बनाएको थियो ।


