नेपथ्यको कन्सर्टका लागि टिकट बुकिङ खुला, वेटलिस्टमा भएकाले पाउने छन् प्राथमिकता

254 Shares

अकल्याण्डमा हुने बहुचर्चित नेपाली ब्यान्ड नेपथ्यको कन्सर्टका लागि टिकट बुकिङ आधिकारिक रूपमा खुला गरिएको छ। आयोजक लाखे ईभेन्ट्सले दिएको जानकारीअनुसार, यसपटक टिकट व्यवस्थापनलाई व्यवस्थित बनाउन पहिलेदेखि वेटलिस्टमा नाम दर्ता गरेका दर्शकलाई विशेष प्राथमिकता दिइनेछ।

वेटलिस्टमा नाम दर्ता गरेका व्यक्तिहरूले आफ्नो इमेल मार्फत टिकट खरिदका लागि विशेष लिंक प्राप्त गर्नेछन्। सो लिंकमार्फत तोकिएको समयभित्र टिकट बुक गर्न सकिने व्यवस्था गरिएको छ। यसरी वेटलिस्टमा रहेका दर्शकलाई पहिलो अवसर दिइने आयोजक लाखे ईभेन्ट्सको भनाइ छ।

आयोजकले कन्सर्टमा उच्च सहभागिता हुने अपेक्षा गर्दै समयमै टिकट सुरक्षित गर्न अनुरोध गरेका छन्। अकल्याण्डमा हुने यो सांगीतिक कार्यक्रम नेपाली समुदायका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। कन्सर्ट आगामी मे १० तारिकमा आयोजन हुदै छ ।

सम्बन्धित समाचार

सबै