पाँच वर्षपछि न्युजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा

200 Shares

न्युजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि नजिक पुगेको हो।

दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्य न्युजिल्याण्डले केवल १३ ओभरमा जम्मा १ विकेटको क्षतिमा सहजै पूरा गरेको थियो। आक्रामक ब्याटिङ प्रदर्शनका कारण खेल एकतर्फी बनेको देखिएको थियो।

अब दोस्रो सेमिफाइनल खेल भोलि राति हुने छ, जहाँ भारत र ईङ्ग्ल्याण्ड आमनेसामने हुनेछन्। उक्त खेलको विजेतासँग न्युजिल्याण्डले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

यसअघि न्युजिल्याण्ड सन् २०२१ मा पनि टी–२० विश्वकपको फाइनलमा पुगेको थियो। त्यतिबेला भने अस्ट्रेलियासँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। यसपटक भने उपाधि जित्ने लक्ष्यसहित टोली मैदान उत्रिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै