183
Shares
झापा क्षेत्र नम्बर ५ मा आजै मतगणना सुरु हुने सम्भावना रहेको छ। आज सम्पन्न भएको मतदानपछि अहिले मतपेटिका संकलन गर्ने काम भइरहेको छ।
निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ। सो बैठकबाट आवश्यक निर्णय भएपछि मतगणना सुरु गरिने जनाइएको छ।
हाल मतदान केन्द्रहरूबाट मतपेटिका सिल गरेर संकलन गर्ने काम जारी रहेको छ। यसपटक झापा–५ लाई सर्वाधिक चासोका साथ हेरिएको निर्वाचन क्षेत्रका रूपमा लिइएको छ।