रास्वपा शीर्षनेताबीच भेटवार्ता, सरकार गठन लगायतका विषयमा छलफल – New Zealand News Nepal (NZ News Nepal)

रास्वपा शीर्षनेताबीच भेटवार्ता, सरकार गठन लगायतका विषयमा छलफल

   March 20, 2026  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहित शीर्ष नेताबीच भेटवार्ता भएको छ। 

बिहीबार साँझ सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको हो। सरकार गठन लगायतका विषयमा छलफल भएको जनाइएको छ। 

रास्वपा उपसभापति वाग्लेले समाजिक सञ्जालमा चार जनाबीच भेटघाटको तस्बिर पोस्ट गरेका छन्। उनले लेखेका छन्, ‘राजकाज। आज साँझको छलफल।’

रास्वपा शीर्ष नेतृत्वबीच काठमाडौँको दरबारमार्गस्थित रोयल सिङ्गीमा भेटवार्ता भएको जनाइएको छ। 

रास्वपाले मंगलबार र बुधबार नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम राखेको थियो। उपसभापतिद्वय अर्याल र वाग्लेले उद्घाटन गरेको कार्यक्रमको सभपाति लामिछानेले समापन गरेका थिए। 

वरिष्ठ नेता शाह भने सांसदको अभिमुखीकरण कार्यक्रममा सहभागी भएका थिएनन्। अस्वस्थताका कारण कार्यक्रम सहभागी नभएको रास्वपा नेताहरूले बताएका थिए।