न्युजिल्याण्डमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नजिक पुगेको छ । कोरोना भाईरस फैलिएयता न्युजिल्याण्डमा रहेका करिब ४ लाख मानिसलाई कोरोना संक्रमण भएको छ । हाल न्युजिल्याण्डमा एक लाख ९३ हजार जना सकृय संक्रमित रहेका छन् । त्यस्तै १०२ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ । करिब दुई लाख ५ हजार जना संक्रमित भने संक्रमण मुक्त भएका छन् ।
आज थपिए २१ हजार ६ सय ५७ संक्रमित
न्युजिल्याण्डमा आज मंगलवार थप २१ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै न्युजिल्याण्डमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख पुगेको हो ।


