राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन्। बिहीबार भएको आन्तरिक छलफलमा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच उक्त मिति तय गरिएको हो।
उपसभापति स्वर्णिम वाग्लेका अनुसार चैत १३ गते शाहले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नेछन्। त्यसअघि चैत १२ गते नव-निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम हुने तय भएको छ।
यस निर्णयसँगै देशको राजनीतिक समीकरणमा नयाँ मोड आउने अपेक्षा गरिएको छ।


