सिंगापुर संसदका सभामुख न्युजिल्याण्ड भ्रमणमा, गभर्नर जनरलसँग गरे भेट

161 Shares

सिंगापुर संसदका सभामुख Seah Kian Peng न्युजिल्याण्ड भ्रमणमा आएका छन्। उनी आइतबार न्युजिल्याण्ड आइपुगेका हुन्। आज बिहान वेलिङ्टनस्थित गभर्नर हाउसमा न्युजिल्याण्डकी गभर्नर–जनरल सिन्डी किरोले सभामुख Seah सँग शिष्टाचार भेटघाट गरेकी छन्। उक्त भेटमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ। भ्रमणका क्रममा सिंगापुरको प्रतिनिधिमण्डलले न्युजिल्याण्डका थिंक ट्यांक, शैक्षिक क्षेत्र तथा उद्योग क्षेत्रका प्रमुख व्यक्तित्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। न्युजिल्याण्ड भ्रमणपछि सभामुख Seah अष्ट्रेलिया प्रस्थान गर्नेछन्। अष्ट्रेलियामा उनले गभर्नर–जनरल, सिनेट अध्यक्ष , प्रतिनिधि सभाका सभामुख, परराष्ट्रमन्त्री लगायत सँग भेट गर्ने कार्यक्रम छ। यसैगरी, उनी न्यू साउथ वेल्स राज्यका संसदका सदस्यहरूसँग पनि भेट्नेछन्, जसमा विधानसभाका सभामुख र विधान परिषद्का अध्यक्ष समावेश छन्। भ्रमणकै क्रममा सभामुख Seah ले Australian War Memorial मा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम पनि तय गरिएको छ।

सम्बन्धित समाचार

सबै