न्युजिल्याण्ड सरकारले न्युजिल्याण्डमा काम गर्नको लागि पाईने प्रति घण्टाको न्युनतम ज्याला (Minimum Wages) बढाएको छ । हिजो बाट न्युजिल्याण्डमा न्युनतम ज्याला (Minimum Wages) २१ डलर २० सेन्ट भएको छ । सरकारले प्रत्यक वर्ष अप्रिल महिनामा न्युनतम ज्याला (Minimum Wages) बढाउने गरेको छ । गत ५ वर्षको तथ्याक हेर्ने हुँदा न्युजिल्याण्ड सरकारले प्रत्यक वर्ष औषद १.७५ डलरले न्युनतम ज्याला (Minimum Wages) बढाएको छ । सन् २०१८ मा न्युजिल्याण्डमा न्युनतम ज्याला (Minimum Wages) १६ .५० डलर थियो । त्यस्तै सन् २०१७ मा १.२० डलर बढाएर १७.७० डलर पुर्याइएको थियो । सन् २०२० मा १८.९० र सन् २०२१ मा २० डलर सम्म पुगेको थियो । यो वर्ष पनि २० डलरमा १.२० डलर थप गरेर २१.२० डलर बनाइएको हो । सरकारले बालबालिकामा हुने गरिवी र असमानता लाई न्युनिकरण गर्न भनेर हरेक वर्ष न्युनतम ज्याला (Minimum Wages) बढाउने गरेको बताएको छ । अब फुल टाइम मा काम गर्नेले हफ्ताको २१८ डलर सम्म अतिरिक्त कमाउन सक्ने सरकारले दाबी गरेको छ ।


