न्युजिल्याण्ड नजिक टोंगाको आसपासमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्प न्युजिल्याण्ड समयअनुसार साँझ ५:३८ बजे रेकर्ड गरिएको हो।
प्राप्त विवरणअनुसार भूकम्पको गहिराइ करिब २३७ किलोमिटर रहेको छ, जसका कारण यसको प्रभाव समुद्री सतहमा सीमित रहने अनुमान गरिएको छ।
National Emergency Management Agency (नेमा) र GNS Science ले संयुक्त रूपमा गरेको मूल्याङ्कनपछि न्युजिल्याण्डका लागि कुनै पनि प्रकारको सुनामीको खतरा नरहेको स्पष्ट पारेका छन्।
सम्बन्धित निकायहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै आधिकारिक सूचनामा ध्यान दिन अनुरोध गरेका छन्।


