न्युजिल्याण्डका प्रधानमन्त्री र दक्षिण कोरियाका राष्ट्रपतिबीच फोन वार्ता – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका प्रधानमन्त्री र दक्षिण कोरियाका राष्ट्रपतिबीच फोन वार्ता

   March 25, 2026  

न्युजिल्याण्डका प्रधानमन्त्रीले दक्षिण कोरियाका राष्ट्रपतिसँग इन्धन आपूर्ति र क्षेत्रीय स्थायित्वबारे छलफल गरेका छन्।

प्रधानमन्त्रीले आज साँझ Lee Jae Myung सँग टेलिफोन संवाद गरेको जानकारी दिएका हुन्। उक्त कुराकानीका क्रममा दक्षिण कोरियाबाट न्युजिल्याण्डमा करिब ५१ प्रतिशत प्रशोधित इन्धन आपूर्ति हुने सन्दर्भमा दुवै नेताले वर्तमान परिस्थितिबारे गम्भीर छलफल गरेका थिए।

प्रधानमन्त्रीका अनुसार, दुवै देशले बढ्दो अन्तर्राष्ट्रिय तनावबीच अवस्थालाई थप बिग्रिन नदिन तत्काल तनाव न्यूनीकरण आवश्यक रहेकोमा जोड दिएका छन्। साथै, अर्थतन्त्रलाई सुचारु रूपमा अघि बढाउन क्षेत्रीय स्थायित्व अत्यन्त महत्वपूर्ण रहेको विषयमा पनि सहमति बनेको छ।

गत वर्ष घोषणा गरिएको न्युजिल्याण्ड र दक्षिण कोरियाबीचको ‘समग्र रणनीतिक साझेदार’ अहिलेको सन्दर्भमा अझ सान्दर्भिक बनेको प्रधानमन्त्रीले बताएका छन्। उनले उक्त साझेदारीले ऊर्जा आपूर्ति सुरक्षा, आर्थिक सुरक्षाका साथै क्षेत्रीय स्थायित्वमा सहकार्य गर्ने बलियो आधार प्रदान गरेको उल्लेख गरेका छन्।