प्रतिनिधि सभाका सदस्यको सपथ आज, बालेनले भोलि प्रधानमन्त्रीको सपथ लिने

170 Shares

आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूले सपथ ग्रहण गर्ने भएका छन्। संसद सचिवालयका अनुसार सबै सदस्यलाई आज औपचारिक रूपमा सपथ गराइने कार्यक्रम तय गरिएको छ।

निर्वाचित सदस्यमध्ये ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई यही आज पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

यसैबीच, बालेन शाहले भोलि प्रधानमन्त्री पदको सपथ लिने तयारी भएको जनाइएको छ। राजनीतिक घटनाक्रम तीव्र रूपमा अघि बढिरहेका बेला नयाँ सरकार गठन प्रक्रियाले गति लिएको छ।

सम्बन्धित समाचार

सबै