गैर आवासीय नेपाली संघ न्युजिल्याण्डले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
संस्थाले सार्वजनिक गरेको शुभकामना सन्देशमा प्रधानमन्त्री शाहको नेतृत्वमा समृद्ध र आधुनिक नेपाल निर्माण हुने विश्वास व्यक्त गरिएको छ। “एक समृद्ध र आधुनिक नेपाल निर्माणको तपाईंको संकल्पमा हाम्रो सधैं प्रतिबद्धता रहनेछ,” भन्दै एनआरएनए न्युजिल्याण्डले आफ्नो साथ र सहयोग रहने जनाएको छ।
सन्देशमा प्रधानमन्त्री शाहको सफल र ऐतिहासिक कार्यकालको कामना समेत गरिएको छ। विदेशमा रहेका नेपालीहरूको प्रतिनिधि संस्थाका रूपमा एनआरएनए न्युजिल्याण्डले देशको विकास र समृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
न्युजिल्याण्डमा रहेका नेपाली समुदायले पनि नयाँ नेतृत्वबाट सकारात्मक परिवर्तन र प्रभावकारी शासनको अपेक्षा गरेका छन्।


