फेरीबाट यात्रु खसेपछि व्यापक खोजी जारी – New Zealand News Nepal (NZ News Nepal)

फेरीबाट यात्रु खसेपछि व्यापक खोजी जारी

   March 31, 2026  

न्युजिल्याण्डको साउथ आईल्याण्ड र नर्थ आईल्याण्डमा चल्ने इन्टरआइसल्याण्डर फेरीबाट एक व्यक्ति समुन्द्रमा खसेपछि व्यापक खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब २:२० बजे घटनाबारे जानकारी प्राप्त भएको थियो। उक्त घटना KiwiRail अन्तर्गत सञ्चालित Kaiārahi फेरीबाट भएको पुष्टि गरिएको छ।

घटनापछि प्रहरीले तुरुन्तै खोजी अभियान सुरु गरेको छ। कोस्टगार्डका १० जना स्वयंसेवकहरू उद्धार डुङ्गामार्फत घटनास्थलमा परिचालन भएका छन्।

कोस्टगार्डका अनुसार उनीहरू ७:५४ बजे समुन्द्रमा परिचालन भएका थिए।

यसैबीच, Rescue Coordination Centre New Zealand को नेतृत्वमा खोजी कार्य भइरहेको छ भने दुई वटा उद्धार हेलिकप्टरले पनि आकाशबाट ग्रिड ढाँचामा खोजी गरिरहेका छन्। GCH Aviation ले आफ्नो नेल्सन/मार्लबरो उद्धार हेलिकप्टर पनि खोजीमा संलग्न रहेको पुष्टि गरेको छ।