न्युजिल्याण्ड सरकारले भोलि अप्रिल १ देखि लागू हुने गरी न्यूनतम ज्यालामा वृद्धि गरेको छ। नयाँ निर्णय अनुसार वयस्क न्यूनतम ज्याला प्रतिघण्टा ४५ सेन्टले बढेर $२३.९५ पुगेको छ।
यो २ प्रतिशतको वृद्धिदर १६ वर्ष वा सोभन्दा माथिका सबै कामदारमा लागू हुनेछ। यसैगरी, ‘स्टार्टिङ–आउट’ तथा तालिमरत कामदारका लागि न्यूनतम ज्याला बढेर प्रतिघण्टा $१९.१६ निर्धारण गरिएको छ, जुन वयस्क दरको ८० प्रतिशत हो।
सरकारले न्यूनतम ज्यालाको दर हरेक वर्ष समीक्षा गर्दै आउने गरेको छ। नयाँ वृद्धि जीवनयापन खर्च बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर गरिएको बताइएको छ।


