आज प्रतिनिधि सभाको पहिलो बैठक बस्दै – New Zealand News Nepal (NZ News Nepal)

आज प्रतिनिधि सभाको पहिलो बैठक बस्दै

   April 2, 2026  

नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज बिहीबार दिउँसो २ बजेलाई बोलाइएको छ। संसद सचिवालयले पहिलो बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
आजको बैठकमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने छन्।
बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश प्रतिनिधिसभामा पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ पेश हुने सम्भावना छ।