भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्युजिल्याण्ड आउदै – New Zealand News Nepal (NZ News Nepal)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्युजिल्याण्ड आउदै

   April 2, 2026  

न्युजिल्याण्ड र भारतबीच उच्चस्तरीय कूटनीतिक सक्रियता बढ्दै जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो न्युजिल्याण्ड भ्रमणको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। दुवै देशका अधिकारीहरूले लामो समयदेखि प्रतिक्षित यस भ्रमणप्रति सकारात्मक संकेत दिएका छन्।

हालै क्यामरुनमा आयोजित विश्व व्यापार संगठन (WTO) को मन्त्रीस्तरीय सम्मेलनको क्रममा न्युजिल्याण्डका व्यापार मन्त्री टोड म्याक्लेले आफ्ना भारतीय समकक्षी पियुष गोयलसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा द्विपक्षीय व्यापार सम्बन्ध तथा मोदीको सम्भावित भ्रमणको तयारीबारे छलफल भएको बताइएको छ।

यद्यपि भ्रमणको औपचारिक मिति तय भइसकेको छैन, तर स्रोतहरूका अनुसार यो भ्रमण वर्षको मध्यतिर हुन सक्ने अनुमान गरिएको छ।

मोदी जुलाईमा अस्ट्रेलियाको भ्रमण गर्दैछन् । सोहि अवसर पारेर उनी न्युजिल्याण्ड आउन सक्ने सम्भावना रहेको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको वक्तव्यमा पनि “प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न न्युजिल्याण्ड भ्रमणको तयारीबारे मन्त्रीहरूले समीक्षा गरेका छन्” भनिएको छ।

मोदी जुलाईमा अस्ट्रेलियाको भ्रमण गर्दैछन् । सोहि अवसर पारेर उनीर न्युजिल्याण्ड आउन सक्ने सम्भावना रहेको छ ।