होम तथा कम्युनिटी सपोर्ट वर्करका लागि ‘माइलेज’ दर वृद्धि – New Zealand News Nepal (NZ News Nepal)

होम तथा कम्युनिटी सपोर्ट वर्करका लागि ‘माइलेज’ दर वृद्धि

   April 2, 2026  

न्युजिल्याण्ड सरकारले होम तथा कम्युनिटी सपोर्ट वर्करहरूका लागि माइलेज दरमा अस्थायी रूपमा ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। बढ्दो इन्धन मूल्यको दबाब कम गर्न यो निर्णय गरिएको हो।

यस वृद्धि अनुसार माइलेज दर प्रति किलोमिटर ६३.५ सेन्टबाट बढेर ८२.५ सेन्ट पुगेको छ। यसले १०० किलोमिटर यात्रामा करिब १९.०५ डलर अतिरिक्त आम्दानी हुने देखिन्छ।

स्वास्थ्य मन्त्री सिमेओन ब्राउनले बिहीबार उक्त घोषणा गर्दै होम तथा कम्युनिटी सपोर्ट वर्करहरूले देशभरका कमजोर तथा आवश्यकतामा रहेका नागरिकलाई सेवा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

उनले भने, “यी वर्करहरूले दैनिक रूपमा घरघरमा पुगेर सेवा दिनुपर्छ, जसका लागि निरन्तर यात्रा आवश्यक हुन्छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण बढेको इन्धन मूल्यको असर कम गर्न सरकारले छिटो कदम चालेको हो।”