राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखका लागि उपसभापति डीपी अर्यालको नाम प्रसताव गरेको छ।
बुधबार सिंहदरबारमा बसेको सत्तारुढ रास्वपा संसदीय दलको बैठकमा अर्यालको नाम प्रस्ताव गरिएको हो।
सभामुख र उपसभामुखको निर्वाचन यही चैत २२ गते हुनेछ। त्यसका लागि चैत २० गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
बैठकमा रास्वपा संसदीय दलका नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी छैनन्।


