सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय – New Zealand News Nepal (NZ News Nepal)

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय

   April 6, 2026  

अब सरकारले सरकारी कार्यालयमा सातामा दुई दिन अर्थात् शनिबार र आइतबार बिदा दिने भएको छ। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार र आइतबार दुवै दिन बिदा दिने निर्णय गरेको हो। 

बिदाको यो निर्णय शैक्षिक संस्थामा आगामी वैशाख १५ देखि लागु हुने सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। 

उनका अनुसार अब नयाँ शैक्षिक सत्र वैशाख १५ मा सुरु गरिनेछ।