क्राइस्टचर्चमा नेपाल फेस्टिभलको तयारी, लगाइयो प्रचार सामग्री

322 Shares

न्युजिल्याण्डको क्राइस्टचर्चमा आयोजना हुन लागेको नेपाल फेस्टिभलको तयारी तीव्र बनाइएको छ। आगामी अप्रिल १८ शनिबार हुने कार्यक्रमलाई लक्षित गर्दै शहरका विभिन्न स्थानहरूमा प्रचार सामग्री जडान गरिएको आयोजकले जनाएका छन्।

आयोजक गैर आवासीय नेपाली संघ न्युजिल्याण्डका अनुसार फेस्टिभललाई सफल बनाउन पोस्टर, ब्यानर तथा डिजिटल माध्यममार्फत व्यापक प्रचारप्रसार भइरहेको छ। नेपाली समुदायसँगै स्थानीय तहमा पनि कार्यक्रमबारे जानकारी फैलाउने उद्देश्यले प्रचारलाई तीव्रता दिइएको हो।

क्राइस्टचर्चमा बसोबास गर्ने नेपालीहरूबीच कार्यक्रमप्रति उत्साह बढ्दै गएको बताइएको छ। फेस्टिभलमा नेपाली कला, संस्कृति, परम्परागत खानाका परिकार तथा विविध सांगीतिक प्रस्तुति रहने तयारी गरिएको छ।

यस कार्यक्रमले न्युजिल्याण्डमा रहेका नेपाली समुदायलाई एकत्रित गर्दै आफ्नो भाषा, संस्कार र पहिचान प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय समुदायलाई नेपाली संस्कृति नजिकबाट चिनाउने अवसर पनि प्रदान गर्ने विश्वास गरिएको छ।

आयोजकहरूले कार्यक्रममा सहभागी भई यसलाई भव्य र सफल बनाउन सबैलाई आग्रह गरेका छन्।

सम्बन्धित समाचार

सबै