मेट सर्भिस नेशनल वेदर (Met Service National Weather)ले न्युजिल्याण्डको नर्थ आईल्याण्डमा मौसममा खराबी आउने भन्दै चेतावनी दिएको छ । चक्रवात फिलीका कारण न्युजिल्याण्डको उत्तरि भेगमा आउदो केही दिनमा मौसम परिवर्तन हुने अनुमान गरिएको छ । चक्रवात फिलीको ट्य्राक अहिले New Caledonia को समुद्रिक क्षेत्रमा रहेको र सोही बहाव केही दिनमा न्युजिल्याण्डमा प्रवेश गर्ने जनाईएको छ । फिलीको बहाव कुन हिसावले आउने अनुमान गर्न नसकिने Met Service ले जनाएको छ । तर आउदो मंगलबार र बुधवार भने न्युजिल्याण्डको नर्थ आईल्याण्डको पुर्विय क्षेत्रमा यस्को ठुलो प्रभाव पर्ने अनुमान गरिएको छ । यसबारेमा चेतावनी दिदै Met Service ले समुन्द्रिक क्षेत्रमा नजान आम मानिसमा अनुरोध समेत गरेको छ । मौसम सम्बन्धी जानकारी दिने वेदर वाच (Weather Watch) ले पनि मौसममा ब्यापक परिवर्तन आउने भन्दै नर्थ आईल्याण्डको केही स्थानमा हावाहुरी सहित भारी वर्षा हुने अनुमान गरेको छ ।


