क्राइस्टचर्चमा आज ऐतिहासिक नेपाल फेस्टिभल

238 Shares

न्युजिल्याण्डको क्राइस्टचर्चमा आज पहिलोपटक नेपाल फेस्टिभल आयोजना हुँदैछ, जसलाई नेपाली समुदायले ऐतिहासिक क्षणका रूपमा लिएको छ। यसअघि अकल्याण्डमा मात्र सीमित रहेको नेपाल फेस्टिभल पहिलोचोटि साउथ आईल्याण्डमा विस्तार भएको हो।

गैर आवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डको आयोजनामा हुन लागेको यस कार्यक्रममार्फत नेपाली कला, संस्कृति, परम्परा र खानाको विविधता प्रस्तुत गरिँदैछ। कार्यक्रम स्थलमा नेपाली झण्डा, सांस्कृतिक झल्को दिने सजावट तथा विभिन्न स्टलहरूले नेपालकै वातावरणको अनुभूति गराउने अपेक्षा गरिएको छ।

फेस्टिभलमा स्थानीय तथा अन्य समुदायका मानिसहरूको उल्लेख्य सहभागिता रहने विश्वास गरिएको छ। यस कार्यक्रमले साउथ आईल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध बनाउने र नेपाली पहिचानलाई थप मजबुत बनाउने उद्देश्य लिएको आयोजकहरूले बताएका छन्।

आयोजकहरूका अनुसार, अकल्याण्डपछि अब क्राइस्टचर्चमा यस्तो कार्यक्रम आयोजना हुनु नेपाली समुदायको विस्तार र सक्रियताको संकेत हो। सहभागीहरूले पनि यस्ता कार्यक्रमले परदेशमा बसेर आफ्नो भाषा, संस्कृति र पहिचान जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

सम्बन्धित समाचार

सबै