न्युजिल्याण्ड र अष्ट्रेलियामा आज विभिन्न कार्यक्रमसहित सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाहरुको सम्झनामा “Anzac Day” मनाइदैछ । न्युजिल्याण्ड र अष्ट्रेलियामा सेवा गर्ने क्रममा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाहरु प्रति सम्मान प्रकट गर्न अप्रिल २५ मा एन्जाक डे मनाउने गरिन्छ । यो दिवस अष्ट्रेलिया र न्युजिल्याण्ड बाहेक अन्य टापु देशहरु कुक आईल्याण्ड, टोङा, टोकेलौ, न्युई, कोकोस आईल्याण्ड लगायतका राष्ट्रमा मनाउने गरिन्छ ।
न्युजिल्याण्डमा आज सार्वजनिक बिदा छ भने दिउसो १ बजे पछि मात्र सुपरमार्केट तथा पसलहरु खुल्ने छन् ।


