यो वर्ष एन्ज्याक डे दुई दिन ! कहिले पाइन्छ ‘पब्लिक होलिडे’को सुविधा ?

362 Shares

यस वर्ष एन्ज्याक डे शनिबार परेको छ, जसका कारण न्युजिल्याण्डमा सार्वजनिक बिदाको व्यवस्था केही फरक ढंगले लागू हुने भएको छ। विशेषगरी कामदारहरूको नियमित काम गर्ने दिनका आधारमा बिदा र पारिश्रमिकमा परिवर्तन देखिनेछ।

यदि कुनै कामदारले सामान्यतया शनिबार काम गर्दैनन् भने, उक्त सार्वजनिक बिदा सोमबार सर्नेछ। यस अवस्थामा उनीहरूले सोमबार नियमित तलबसहित बिदा पाउनेछन्। यदि उनीहरूले सोमबार काम गर्नुपरेमा, समयको डेढ गुणा पारिश्रमिक (टाइम एण्ड अ हाफ) सहित अर्को दिन तलबसहित बिदा (अल्टरनेटिभ डे) पाउनेछन्।

त्यसैगरी, नियमित रूपमा शनिबार काम गर्ने कामदारहरूका लागि भने बिदा शनिबारकै दिन लागू हुनेछ। यदि उनीहरूले सो दिन काम गरेमा, उनीहरूले पनि समयको डेढ गुणा पारिश्रमिकसहित अर्को दिन बिदा पाउनेछन्। यदि काम नगरेमा भने नियमित तलबसहितको बिदा पाउनेछन्।

यहि कोहि दुई दिन अर्थात शनिबार र सोमबार काम गर्छन भने पब्लिक होलिडे शनिबारकै दिन लागू हुनेछ र समयको डेढ गुणा पारिश्रमिक सहित अर्को दिन तलबसहित बिदा पाउनेछन्। सोमबार नियमित कामको दिन हुनेछ ।

यो व्यवस्था न्युजिल्याण्डको श्रम कानुन अन्तर्गत लागू हुने भएकाले, रोजगारदाता र कर्मचारी दुवैले आफ्नो काम गर्ने दिनको तालिका अनुसार अधिकार र सुविधा बुझ्न आवश्यक रहेको छ।

सम्बन्धित समाचार

सबै