न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन दुई वर्ष पछि बिदेश भ्रमणमा जाने भएकी छिन् । प्रधानमन्त्री आर्डेन करिब एक साताको लागि जापान र सिंगापुर जान लागेकी हुन् । प्रधानमन्त्रीसँग न्युजिल्याण्ड सरकारका वाणिज्य मन्त्री सहित १३ जनाको टोली भ्रमणमा सहभागि हुने छन् । उनिहरु अप्रिल १८ मा सिंगापुर प्रस्थान गर्ने छन् । दुई वर्षपछि प्रधानमन्त्री आर्डेनले बिदेश भ्रमण गर्न लागेकी हुन् । पछिल्लो पटक प्रधानमन्त्री २०२० फेब्रुअरीमा फिजी र अष्ट्रेलियाको भ्रमणमा गएकी थिईन । त्यस्पछि न्युजिल्याण्डमा कोरोनाको पहिलो संक्रमण देखिएको थियो । २०२० को मार्च देखि बन्द रहेको न्युजिल्याण्डको बोडर आंशिक रुपमा खुलेसँगै प्रधानमन्त्री बिदेश भ्रमणमा निस्किन लागेकी हुन् । उनी न्युजिल्याण्ड डिफेन्स फोर्सको NZDF Boeing ७५७ बाट सिंगापुर जान लागेकी हुन् ।
प्रधानमन्त्रीको सिंगापुर र जापान भ्रमण लाई व्यवसायिक भ्रमण भनिएको छ । सिंगापुरमा रहदा प्रधानमन्त्री आर्डेनले सिंगापुरका राष्ट्रपती र प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै उनले सिंगापुरका उद्योगी तथा व्यवसायीलाई सम्बोधन गर्ने छिन् । उता जापानमा पनि प्रधानमन्त्री आर्डेनले पहिलो पटक जापानी प्रधानमन्त्रीसँग भेट्ने छिन् । जापानमा पनि केही कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री अप्रिल २४ मा न्युजिल्याण्ड फर्किने छिन् । न्युजिल्याण्डको बोडर खुले सँगै प्रधानमन्त्रीले यसै वर्ष अन्य देशको पनि भम्रण गर्ने सम्भावना रहेको छ । प्रधानमन्त्री आर्डेनले केही महिनामा बेलायत, अमेरिका र यूरोपको भ्रमण गर्ने स्रोतले जनाएको छ ।


