Red बाट Orange मा झर्यो न्युजिल्याण्डको Traffic Light System – New Zealand News Nepal (NZ News Nepal)

Red बाट Orange मा झर्यो न्युजिल्याण्डको Traffic Light System

   April 14, 2022  

न्युजिल्याण्ड सरकारले कोभिड रोकथामका लागि लागु गरेको Red Traffic Light System  आज बाट ओरेन्जमा परिवर्तन भएको छ । अहिले तत्काल कोरोनाको संक्रमण घट्दै गरेको हुनाले यो परिवर्तन ल्याईएको कोभिड १९ प्रतीकृया मन्त्री क्रिस हिपकिङ्सले बताएका छन् ।  Red Light सेटिङ्समा मास्कलाई अनिवार्य पारिएको छ भने अन्य सम्पूर्ण नियमलाई खुकुलो बनाईएको छ । सार्वजनिक स्थान र कार्यस्थलमा मास्कलाई अझै अनिवार्य गरिएको छ भने स्कुलमा मास्क लगाउनु पर्ने नियम हटेको छ । त्यस्तै यात्रा गर्दा प्रयोग हुने सार्वजनिक सवारी साधनमा लगाइएको अधिकांश प्रतिबन्द हटाईएको छ ।

Orange Traffic System बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोला