
- बाबुराजा महर्जन
न्युजिल्याण्ड अध्यागमनको तथ्यांक अनुसार २०२१ अप्रिल १ देखि २०२२ मार्च ३१ सम्ममा न्युजिल्याण्डमा रहेका ४१४ नेपाली नागरिकहरुले कार्य-दक्षताको आधारमा न्युजिल्याण्डको स्थायी आवासीय भिसा प्राप्त गरेका छन। त्यस्तै ४५ जनाले परिवारिक र ३ जनाले मानवीय आधारमा गरि जम्मा ४६२ नेपाली नागरिकहरुले न्युजिल्याण्डको स्थायी आवासीय भिसा प्राप्त गरेका हुन् ।
सन २०१६/१७ आर्थिक वर्षमा १९५ जना नेपालीहरुले स्थायी आप्रवास भिसा पाएका थिए, त्यसपछिका वर्षहरुमा २०१७/१८ मा १७१ जनाले, सन २०१८/१९मा १२९ जनाले, सन २०१९/२० मा १०२ जनाले र सन २०२०/२१ मा १२३ जनाले स्थायी भिसा पाईसकेका छन । रेकर्ड अनुसार सन २०१९/२० मा सवभन्दा कम नेपालीहरुको स्थायी भिसा स्वीकृत भएको थियो।

न्युजिल्याण्ड अध्यागमनको अनुसार सन २०१४/१५, २०१५/१६ र २०१७/१८ मा ४८ वटा निवेदनहरु अस्वीकृत भएका थिए भने सव भन्दा कम अस्वीकृत भएको वर्ष पनि सन २०२१/२२ नै रह्यो। यो बर्ष अस्वीकृत निवेदनको संख्या मात्र ९ रह्यो।

स्मरण रहोस, न्युजिल्याण्डमा नेपाली राहदानीवाहकहरुले नागरिकताको लागि पनि निवेदन हाल्ने गरेकाछन र २०२० को डिसेम्वर सम्म १२२७ जना नेपाली नागरिकहरुले न्युजिल्याण्डको नागरिकता ग्रहण गरिसकेको डिपार्टमेण्ट अफ ईण्टरनल अफेयर्स (न्युजिल्याण्ड)ले आफ्नो तथ्यांकमा प्रष्ट पारिसकेको छ।
न्युजिल्याण्ड सरकारले “एक पटकको लागि व्यबस्था गरेको आवासीय भिसा” को कारण केही हजार नेपालीले न्युजिल्याण्डमा आफ्नो बसाई सुरक्षित गर्न सक्षम हुनेछ।


