न्युजिल्याण्डले कोरोना संक्रमितको कुल संख्यामा नेपाललाई उछिनेको छ । न्युजिल्याण्डमा ९ लाख ७९ हजार ४ जनामा कोरोनाको संक्रमण देखापरि सकेको छ । नेपालमा भने कुल संक्रमितको संख्या ९ लाख ७८ हजार ९ सय १४ पुगेको छ । न्युजिल्याण्डमा आज थप ७ हजार ४ सय २१ जनामा कोरोनाको संक्रमण देखापरेको हो । न्युजिल्याण्डमा कोरोना कै कारण ज्यान गुमाउनेको संख्या ७४७ पुगेको छ । उता नेपालमा भने आज जम्मा १५ जनामा कोरोना भाईरसको संक्रमण भेटिएको हो । नेपालमा सकृय संक्रमितको संख्या २१६ छ भने ११ हजार ९ सय ५१ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाउनु परेको छ ।


