न्युजिल्याण्ड सरकारले आर्थिक वर्ष २०२२/२३ का लागि बजेट आज सार्वजनिक गर्दै छ । अर्थ मन्त्री ग्रान्ट रोबर्टसनले आज अपरान्ह २ बजे सरकारको बजेट प्रस्तुत गर्दै छन् । ६ बिलियन डलरको अनुमानित बजेट हालसम्म कै ठुलो रकम भएको बजेट हो । अर्थ मन्त्री रोबर्टसनले यसअघि नै यस पटकको बजेट स्वास्थ्यमुखी हुने बताएका छन् । स्वास्थ्य क्षेत्र र जलवायु परिवर्तनमा यसपालीको बजेट केन्द्रित हुने उनले बताएका छन् । आम जनमानिसका लागि पनि यो बजेटले थुप्रै नयाँ कुरा ल्याउने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थ को मुल्य देखि सार्वजनिक यातायतको भाडा समायोजन सम्मका बिषय बजेटमा उठ्ने अनुमान गरिएको छ ।


