अकल्याण्डमा आयोजित चर्चित नेपाली लोक–रक ब्यान्ड नेपथ्यको बहुप्रतीक्षित कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ।
आईतबार आयोजित कन्सर्टमा २ हजारभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ। अकल्याण्डस्थित दर्शकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाएको थियो।
लोकप्रिय गीतहरूसँगै नेपथ्यले दर्शकलाई दुई घण्टा बढी सांगीतिक यात्रामा रमाएको थियो। कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय उपस्थिति देखिएको थियो भने दर्शकहरूले गीतसँगै नाच्दै र गाउँदै भरपुर मनोरञ्जन लिएका थिए।
आयोजकका अनुसार अकल्याण्डमा नेपाली सांगीतिक कार्यक्रमप्रति बढ्दो आकर्षण देखिएको छ, र नेपथ्य कन्सर्टले त्यसलाई थप पुष्टि गरेको छ ।


