वर्क भिसामा न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १५ लाख ९० हजार ठगी गर्ने पक्राउ – New Zealand News Nepal (NZ News Nepal)

वर्क भिसामा न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १५ लाख ९० हजार ठगी गर्ने पक्राउ

   May 14, 2026  

वर्क भिसामा न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–१ बस्ने दाङ घोराही उपमहानगरपालिका–१० घर भएका ३२ वर्षीय शम्भु गौतम रहेका छन् ।

नेपाल प्रहरीका अनुसार शम्भु गौतमले वैदेशिक रोजगारीका लागि न्यूजिल्याण्ड पठाइदिने प्रलोभन देखाएर एक जना पीडितबाट १५ लाख ९० हजार रुपैयाँ लिएका थिए । रकम लिएपछि उनी सम्पर्कविहीन बनेका थिए ।

पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई टोखा नगरपालिका–२ बाट पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका गौतमलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।