प्रधानमन्त्री जसिन्डा आर्डेर्न अमेरिकामा – New Zealand News Nepal (NZ News Nepal)

प्रधानमन्त्री जसिन्डा आर्डेर्न अमेरिकामा

   May 24, 2022  

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेर्न अमेरिका पुगेकी छिन् । सोमबार साझँ न्युजिल्याण्डबाट अमेरिका प्रस्थान गरेको प्रधानमन्त्रीको भ्रमण टोली मंगलवार साझँ अमेरिकाको राजधानी वासिङटन डिसी पुगेको हो । प्रधानमन्त्रीले अमेरिकाका राष्ट्रपती जो बाईडेनसँग वाईट हाउसमा भेट्ने कार्यक्रम छ भने भोली बाट उनको औपचारिक कार्यक्रमहरु सुरु हुने छ । प्रधानमन्त्री न्यु योर्क, बोस्टन लगायतका शहर जाने कार्यक्रम रहेको छ ।