नेल्सनमा सन २०२५ को पहिलो दिन प्रहरी माथि गाडी चढाएर प्रहरी अधिकारी लिन फ्लेमिङको हत्या गर्ने व्यक्ति हत्या अभियोगमा दोषी ठहर भएका छन् ।
२०२५ नयाँ वर्षको पहिलो दिन बिहान सबेरै नेल्सनको बक्सटन स्क्वायर क्षेत्रमा पैदल गस्तीमा रहेका सिनियर सर्जेन्ट लिन फ्लेमिङ र सिनियर सर्जेन्ट एडम राम्सेमाथि हेडन टास्करले चलाएको गाडी ठोक्किएको थियो । उक्त घटनामा फ्लेमिङको मृत्यु भएको थियो भने राम्से गम्भीर घाइते भएका थिए ।
३३ वर्षीय टास्करविरुद्ध क्राइस्टचर्च उच्च अदालतमा हत्या तथा गम्भीर शारीरिक क्षति पुर्याएको अभियोगमा मुद्दा चलाइएको थियो । जूरीले करिब साढे तीन घण्टाको छलफलपछि उनलाई दुवै अभियोगमा दोषी ठहर गरेको हो ।
फैसला सार्वजनिक भएपछि अदालतको सार्वजनिक कक्षमा रहेका केही व्यक्तिहरू भावुक बनेका थिए भने टास्कर भने कठघरामा निस्पृह रूपमा उभिएका थिए ।
जूरीले टास्करले जानाजानी गाडी प्रयोग गरेर फ्लेमिङको हत्या गरेको निष्कर्ष निकालेको छ । यससँगै उनले आत्महत्या गर्ने असफल प्रयासका क्रममा दुर्घटना भएको दाबीलाई जूरीले अस्वीकार गरेको छ ।
अभियोजन पक्षले टास्कर प्रहरीप्रति आक्रोशित रहेको र उनले आफ्नो गाडीलाई हतियारको रूपमा प्रयोग गर्दै प्रहरी अधिकारीहरूलाई जानीजानी ठक्कर दिएको तर्क गरेको थियो । स


