वेलिङ्ग्टनमा १२९ नेपालीले लिए पासपोर्ट नविकरण सेवा – New Zealand News Nepal (NZ News Nepal)

वेलिङ्ग्टनमा १२९ नेपालीले लिए पासपोर्ट नविकरण सेवा

   May 20, 2026  

न्युजिल्याण्डका लागि नेपालको अवैतनिक वाणिज्यदूतावासले वेलिङ्टनमा सञ्चालन गरिएको नेपाली राहदानी बायोमेट्रिक नवीकरण अभियान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। मे १९ र २०, २०२६ मा आयोजित उक्त अभियानमा न्युजिल्याण्डभरबाट आएका १२९ जना नेपाली नागरिकले आफ्नो नेपाली राहदानी नवीकरण गराएका थिए।

वाणिज्यदूतावासले अभियान सफल बनाउन सहयोग गर्ने अस्ट्रेलिया स्थित नेपाली दुतावास प्रति विशेष धन्यवाद व्यक्त गरेको छ। साथै, व्यवस्थापन तथा स्वयंसेवी सहयोग प्रदान गर्ने नेपलीज सोसाइटि अफ वेलिङ्ग्टनको योगदानको पनि प्रशंसा गरिएको छ।

कार्यक्रम सञ्चालनका लागि स्थान उपलब्ध गराएको Everest Petone तथा अभियान सफल बनाउन योगदान पुर्‍याउने सबै स्वयंसेवक र समुदायका सदस्यहरूप्रति पनि आभार व्यक्त गरिएको छ।

वाणिज्यदूतावासका अनुसार यस्ता सेवामूलक अभियानले न्युजिल्याण्डमा रहेका नेपाली समुदायलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्।