न्युजिल्याण्डमा ‘दशैं फेस्ट’ हुने, शिव परियार, अस्मिता अधिकारी र महेश काफ्ले आउने – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा ‘दशैं फेस्ट’ हुने, शिव परियार, अस्मिता अधिकारी र महेश काफ्ले आउने

   May 20, 2026  

न्युजिल्याण्डमा आगामी दशैंको अवसर पारेर विशेष सांगीतिक कार्यक्रम “दशैं फेस्ट २०२६” आयोजना हुने भएको छ। कार्यक्रमअन्तर्गत चर्चित गायक शिव परियार, चर्चित गायिका अस्मिता अधिकारी तथा अर्का लोकप्रिय गायक महेश काफ्ले न्युजिल्याण्ड आउने भएका हुन्।

कार्यक्रमको आयोजना सम्बन्ध इभेन्ट्सले गर्न लागेको जनाएको छ। आयोजकका अनुसार दशैं फेस्ट न्युजिल्याण्डका विभिन्न शहरहरूमा आयोजना गरिनेछ, जसका लागि हाल “होस्ट सिटी” खोज्ने काम भइरहेको छ।

आयोजकले न्युजिल्याण्डभर रहेका नेपाली समुदाय, संघसंस्था तथा व्यवसायिक समूहलाई कार्यक्रम साझेदारी, सहकार्य तथा अन्य जिज्ञासाका लागि सम्पर्क गर्न आग्रह गरेको छ।

दशैंको अवसरमा नेपाली समुदायलाई सांगीतिक मनोरञ्जनसँगै सांस्कृतिक उत्सवको अनुभूति दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ।