न्युजिल्याण्ड आउँदै चर्चित गायक सुजन चापागाईं, लाखे ईभेन्ट्सको आयोजनामा कार्यक्रम हुदै – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्ड आउँदै चर्चित गायक सुजन चापागाईं, लाखे ईभेन्ट्सको आयोजनामा कार्यक्रम हुदै

   May 22, 2026  

नेपाली सांगीतिक क्षेत्रमा अत्यन्त लोकप्रिय गायक सुजन चापागाईं न्युजिल्याण्ड आउने भएका छन् । लाखे ईभेन्ट्सको आयोजनामा उनको विशेष सांगीतिक कार्यक्रम आगामी जुलाई महिनामा आयोजना हुने निश्चित भएको आयोजक पक्षले जनाएको छ ।

पछिल्ला वर्षहरूमा लगातार चर्चित नेपाली कलाकारहरूलाई न्युजिल्याण्ड ल्याएर दर्शकमाझ विशेष पहिचान बनाएको लाखे ईभेन्ट्सले यसपटक सुजन चापागाईंलाई न्युजिल्याण्ड ल्याउन लागेको हो ।

सुजन चापागाईं आफ्ना भावनात्मक तथा मौलिक गीतहरूका कारण युवापुस्तामाझ अत्यन्त लोकप्रिय मानिन्छन् । उनका ‘गाला पुक्क’, ‘फूलथुङ्गा’ लगायतका गीतहरू नेपाली संगीतप्रेमीबीच निकै चर्चित छन् ।

यसअघि पनि लाखे ईभेन्ट्सकै आयोजनामा चर्चित नेपाली लोक–रक ब्याण्ड Nepathya ले केही साताअघि न्युजिल्याण्डमा आफ्नो प्रस्तुति दिएको थियो । उक्त कार्यक्रमले नेपाली समुदायबाट व्यापक समर्थन र उत्साह पाएको थियो ।

सुजन चापागाईंको न्युजिल्याण्ड कार्यक्रमको मिति, स्थान तथा टिकट सम्बन्धी थप विवरण भने छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।