क्राइस्टचर्चमा पनि सुजन चापागाईंको प्रस्तुति, साउथ आईल्याण्डका संगीतप्रेमी उत्साहित – New Zealand News Nepal (NZ News Nepal)

क्राइस्टचर्चमा पनि सुजन चापागाईंको प्रस्तुति, साउथ आईल्याण्डका संगीतप्रेमी उत्साहित

   May 26, 2026  

साउथ आईल्याण्डको क्राइस्टचर्चमा पनि सुजन चापागाईंले आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । साउथ आइल्यान्डमा बसोबास गर्ने संगीतप्रेमीहरू अहिले निकै उत्साहित बनेका छन् ।

लाखे इभेन्ट्सको सहकार्यमा स्वरम इभेन्ट्सले क्राइस्टचर्चमा सुजन चापागाईंको लाइभ कन्सर्ट आयोजना गर्न लागेको हो । यसअघि अकल्याण्डमा कार्यक्रम हुने निश्चित भइसकेको छ ।