प्रतिनिधि सभाबाट बहुमतले नीति तथा कार्यक्रम पारित, भोलि बजेट आउने – New Zealand News Nepal (NZ News Nepal)

प्रतिनिधि सभाबाट बहुमतले नीति तथा कार्यक्रम पारित, भोलि बजेट आउने

   May 28, 2022  

 संघीय संसद्को प्रतिनिधि सभाले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ । शनिबार बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो । आइतबार संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यक्रम रहेको छ । बैठक ४ बजेको लागि डाकिएको छ । सांसदहरुलाई समयअगावै उपस्थित हुन सभामुखले आह्वान गरेका छन् ।